PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सृष्टि खड्काको बलिउड मोह



पहिलोपोस्ट

सृष्टि खड्काको बलिउड मोह

काठमाडौं :  बलिउड फिल्म इन्डस्ट्रीतिर आकर्षित हुने कलाकारको संख्या बढ्दो छ। बलिउडमा काम गर्ने चाहना भएका कलाकार नेपालमा पनि भिटिन्छन्। कति नेपाली कलाकारले बलिउडमा काम गर्ने चान्स पनि पाए।

एक समय नेपाली अभिनेत्रीले बलिउडमा राज पनि गरेका थिए।  कति त अहिले पनि बलिउडमा संघर्षरत नै छन्। त्यस्तै बलिउडमा काम गर्ने सपना बोकेकी मोडल हुन् सृष्टि खड्का। उनी बलिउडमा आफ्नो पहिचान बनाउने दौडमा छिन्। उनले हालै एक भारतीय म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन्।

उनी अभिनित 'कुच तो हे'बोलको गीतलाई गायिका ज्योतिका तन्गरी र एसर देसैले गाएका हुन्। गीतलाई बजारमा जी म्युजिक कम्पनिले ल्याएको हो। गीतमा अजय जैसवालको संगीत र राशी महेस्वरीको शब्द छ।

स्वप्निल जैसवाल निर्देशित म्यूजिक भिडियोमा पवन गौतमको छायाँकन, कृष्ण रसलको कोरियोग्राफी छ। सृष्टिले नेपाली म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell