PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रतिनिधि सभामा प्रधानमन्त्रीको उत्तर: गिरिजा र सुशील अस्पतालबारे कांग्रेसका नेताहरुसँग दुइटा कुरा गरेको छु



प्रतिनिधि सभामा प्रधानमन्त्रीको उत्तर: गिरिजा र सुशील अस्पतालबारे कांग्रेसका नेताहरुसँग दुइटा कुरा गरेको छु

काठमाडौं: प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको उत्तर दिइरहेका छन्।

प्रधानमन्त्रीलाई पहिलो प्रश्न सांसद खगराज अधिकारीले सोधेका छन्। उनले हालै चर्चामा आएको नेपाललिक्सबारे सरकारको धारणा के छ भनी प्रश्न गरेका छन्।

जवाफमा प्रधानमन्त्रीले ओलीले भने, 'सरकार विकास र सुशासनका निम्ति सरकार प्रतिवद्ध छ। आर्थिक अनुशासन जस्ता कुराहरु आवश्यक हुन्छ। र, नेपाल सरकार त्यसका निमित प्रतिद्ध छ। मैले पहिलेदेखि भनेको छु अनियमितताको सन्दर्भमा कुनै प्रकारणको सहिष्णुता हुँदैन। देशलाई घाटा पार्नेसँग कुनै सहिष्णुता हुँदैन। वर्तमान सरकार भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छ।

आफुले केही सञ्चारमाध्यममा आएपछि थाह पाएको उल्लेख गर्दै ओलीले तिनको सत्यतथ्य छानविनपछि विस्तृत जानकारी दिइने बताए।

'अखबारमा आएका सबै कुरालाई सत्य भन्न मिल्दैन। सबै असत्य पनि होइन। सरकारले ती कुराहरुको आवश्यक खोजतलास र आवश्यक छानविन गर्नेछ। र, तथ्यअनुसार नियमित प्रक्रियामा कानून बमोजिम अगाडि बढाउने छ। देशको सम्पति गैरकानूनी ढंगले लाने, विदेश बैंकमा राख्ने, कानून विपरीत कतै लगानी गर्ने जस्ता कुराहरु उपयुक्त हुन सक्दैन। त्यसप्रति नेपाल सरकार सजग छ। बाँकी छानविन भएपछि सत्यतथ्य भन्न सकिन्छ।'

त्यसैगरी कांग्रेसका सांसद मिनेन्द्र रिजालले जिपी कोइराला श्वासप्रश्वास र सुशील कोइराला अस्पताललाई विघटनको संघारमा पुर्‍याएकोबारे प्रश्न गरे। यसबारे प्रधानमन्त्री ओलीले भने, 'मैले यस सम्बन्धमा नेपाली कांग्रेसका नेताहरुसँग दुईवटा कुरा गरेका थिए। सुशील कोइरालाको नामसँग जोडिएको संस्था विवादमा छ। त्यसको विवादको समाधान कसरी खोज्ने त्यस विषयमा छलफल गर्नु पर्नेछ। अर्को जिपी कोइराला श्वासप्रस्वासका विषयमा भनेका थिए। श्वासप्रश्वास केन्द्रमात्रै त्यहाँ नचल्ना। त्यसलाई चल्ने गरी कसरी चलाउने भन्ने सोधे।'

कांग्रेसले अस्पताल निर्माणका लागि भारतले बजेट दिने उल्लेख गरेकोले यसबारे छलफल हुने ओलीले बताए। पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विजयकुमार गच्छदारसँग कुराकानी भइसकेको उल्लेख गर्दै ओलीले भने, 'कांग्रेसले भारतले बजेट दिन्छ भन्यो तर व्यक्तिगत मात्र नभई सरकारको तर्फबाट के हुन सक्छ? त्यस विषयमा छलफल गरौं भनेको थिए मैले। मैले हिजोसम्म पनि नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु। वरिष्ठ नेता, सभापति र गच्छदारजीलाई पनि भनेको छु। कि यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell