PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उत्तर कोरियाली नेता किमको ‘लेटर डिप्लोमेसी’ 



विधुर ढकाल

उत्तर कोरियाली नेता किमको ‘लेटर डिप्लोमेसी’ 

काठमाडौं : उत्तर कोरियाका उच्च अधिकारीहरु आफ्ना नेता किम जोङ उनको पत्र बोकेर वासिङटन पुगेका छन्।

नेता किमका विश्वासपात्र तथा अमेरिकी अधिकारीसँग निरन्तर सम्पर्कमा रहेका किम योङ चोल वासिङटन पुगेको दक्षिण कोरियाली समाचार एजेन्सी योनापले जनाएको छ। 

उनले त्यहाँ अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटसमेत गरेका छन्।
 
बिहीवार बेइजिङबाट किमलाई बोकेर उडेको विमान डल्लास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
 
२०१८ जुन ११ मा सिंगापुरमा किम र ट्रम्पबीच भएको वार्तापूर्व योङले वासिङटन पुगेर ट्रम्पलाई किमले पठाएको चिठी प्रदान गरेका थिए।
किमका ‘राइट ह्यान्ड’ मानिने योङ सैन्य गुप्तचर प्रमुख हुँदा दक्षिण कोरियाली समुन्द्रिक युद्ध जहाजमाथि आक्रमणका ‘मास्टरमाइन्ड’ रहेको आरोप लाग्दै आएको छ।

उनले आज अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गर्ने कार्यक्रम रहेको छ।

२०१८ जुन ११ मा सिंगापुरमा दुई नेताबीच सम्पन्न भएको वार्तामा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने सहमति भएको थियो। यद्यपि, वार्तापछि भने दुई देशबीचको सम्बन्ध सामान्य हुन सकेको थिएन।

उत्तर कोरियाले अमेरिकाले आफ्नो राष्ट्रमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरेको बताउँदै आएको छ। यस्तै अमेरिकाले भने उत्तर कोरियाली निःशस्त्रीकरणको विषयमा प्रतिवद्ध नरहेको बताउँदै आएको छ।

यस्तै, उत्तर कोरियाका विदेश राज्यमन्त्री छोइ सन हुईले स्वीडेनमा पोङयाङका लागि अमेरिकी विशेष दूतसँग भेटवार्ता हुने बताइएको छ। 

पत्रहरुको आदानप्रदान

गत वर्ष जुनमा दुई नेताबीच शिखर सम्मेलन हुनु अगाडि उत्तर कोरियाली नेता किमले ट्रम्पलाई पत्र पठाएका थिए। ह्वाइट हाउसका सामाजिक सञ्जाल निर्देशक डान स्काभिनो जुनियरले जुन १ मा सार्वजनिक गरेका थिए। त्यतिवेला किमको पत्र बोकेर उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ जोल नै वासिङटन पुगेका थिए। 

दुई देशबीच वार्ताको विषयमा छलफल चलिरहेका बेला गत वर्ष मेमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमलाई पत्र लेखेका थिए। त्यो पत्रमा वार्तालाई स्वागत गर्दै तत्काल वार्ता नहुने बताएका थिए। 

तर, किमको पत्र बोकेर उनका विश्वास पात्र वासिङटन पुगेपछि वार्ताको वातावरण बनेको थियो। 

त्यस्तै किमले गत अगस्टमा पनि ट्रम्पलाई पत्र लेखेका थिए। सिंगापुर सम्मेलन पछि किमले सहमति र आणविक निशस्त्रीकरण प्रतिको प्रतिवद्धता दोहोर्‍याउँदै पत्र लेखेका थिए।
 
अगस्टमै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि किमलाई जवाफि पत्र पठाएका थिए। आसियन सम्मेलनमा सहभागि हुन सिंगापुर पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले उत्तर कोरियाली समकक्षीलाई आफ्ना राष्ट्रपतिका तर्फबाट उत्तर कोरियाली नेतालाई लेखिएको पत्र हस्तान्तरण गरेका थिए। 
त्यतिबेला दुई समकक्षीबीच सिंगापुरमै भेटवार्तासमेत भएको थियो। 

त्यस्तै किमले अर्को पत्र सेप्टेम्बरमा लेखे। त्यतिबेला ट्रम्पले भनेका थिए, ‘किमले पठाएको सुन्दर पत्रका कारण म प्रेममा परेको छु।’ उनी आफूहरु प्रेममा परेको घोषणासमेत गरेका थिए। 

यसबीच उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्प बाहेक दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनलाई पनि भेट गर्ने इच्छा व्यक्त गर्दै पत्र लेखेका थिए। 

तीन पटकसम्म ऐतिहासिक भेट गरेको वर्ष २०१८ लाई सुखद् बनाउँदै डिसेम्बरको अन्तिममा उनले पत्र लेखेका थिए। उनले शान्ति र समृद्धिको कामना गरेका थिए। 

किमले पत्रमा आफूले वर्ष २०१८ मा सोल (दक्षिण कोरियाको राजधानी) भ्रमण गर्ने चाहना पूरा नभएको भन्दै क्षमासमेत मागेका थिए। उनी सोल पुगेको भए दुई नेताबीचको वर्षको चौथो भेट हुने थियो। उनले सोल भ्रमणको आफ्नो तिब्र इच्छालाई समेत व्यक्त गरेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २ मा पनि आफूले उत्तर कोरियाली नेता किमबाट ‘ग्रेट लेटर’ (महान पत्र) प्राप्त गरेको बताएका थिए। 

ट्रम्पले त्यतिबेला भनेका थिए, ‘हामीले बास्तवमै एउटा राम्रो सम्बन्ध स्थापना गरेका छौँ।’ उनले आफूहरुबीच गत वर्ष सिंगापुरमा भेट नभएको भए एसिया ठूलो युद्धको चक्रमा फसेको हुने थियो भन्दै दोस्रो वार्ताका लागि छलफल भएको बताएका थिए। 

ट्रम्पले पनि गत साता मात्र किमलाई पत्र पठाएका थिए। त्यो पत्र भियतनाममा हुन सक्छ दोस्रो भेट यसैबीच यसै वर्ष मार्च वा अप्रिलमा भियतनाको रिसोर्ट सिटी दानाङमा दुई नेताबीच भेट हुन सक्ने दक्षिण कोरियाली समाचार एजेन्सी योनापले जनाएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले किमका विशेष दुतसँग वासिङटनमा भेट पश्चात सम्मेलनको मिति र स्थानको विषयमा घोषणा गर्न सक्ने बताइएको छ। 

भियतानम सम्मेलनको लागि उत्कृष्ट स्थान हुन सक्ने विषयमा छलफल भइरहेको छ। भियतनाम सरकारले पनि वार्ताको आयोजना गर्न इच्छा देखाएको छ। यसअघि वार्ता भियतनामकै राजधानी हानोइमा हुने बताइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell