PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोपा डेल रे : डेम्बेले र मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोपा डेल रे : डेम्बेले र मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा

साविक विजेता बार्सिलोनाले स्पानिस कोपा डेल गरेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा लेभान्टेलाई ३-० ले पराजित गर्दै समग्रमा ४-२ को जित हात पारेको हो।

पहिलो लेगमा बार्सिलोना २-१ ले पराजित भएको थियो।

दोस्रो लेगमा बार्सिलोनालाई हसज जित दिलाउन ओसमान डेम्बेलेले दुई तथा कप्तान लियोनल मेसीले एक गोल गरे।

घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले ३०औँ र ३१औँ मिनेटमा गोल गरेका थिए। मेसीले ५४औँ मिनेटमा गोल गरे।

बार्सिलोनाले कोपा डेल रे सर्वाधिक ३० पटक जितेको छ। यस्तै रियल बेटिस र स्पानयोल पनि क्वाटरफाइनल पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell