PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालमा आयोजना हुने आइएफबीबी बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा सार्वजनिक



पहिलोपोस्ट

नेपालमा आयोजना हुने आइएफबीबी बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा सार्वजनिक

काठमाडौं : आगामी फेब्रुअरीमा नेपालमा हुने ‘आइएफबीबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक भएको छ।

नेपाला पहिलो पटक आयोजना हुन लागेको उक्त क्वालिफायरको क्यालेन्डर ‘आइएफबीबी प्रोफेसनल लिग’ को अमेरिकास्थित हेडक्वाटरले सार्वजनिक गरेको हो। प्रो क्वालिफायर फेब्रुअरी १५–१६ (फागुन ३-४ गते) कमलादिस्थित प्रज्ञा भवन हुनेछ।

सार्वजिक क्यालेन्डरअनुसार वर्ष २०१९ मा आइएफबीबी प्रोफेसनल लिगको पहिलो प्रो क्वालिफार नै नेपालमा हुन लागेको हो।

त्यसअघि भारतको ४ वटा शहरमा यो प्रतियोगिता आयोजना हुन लागे पनि ती प्रतियोगिताहरू भने रिजनल मात्र भएको नेपालमा प्रो क्वालिफायर आयोजना गर्न लागेको आइएफबीबी लिग नेपालले जनाएको छ।

आइएफबीबी लिग नेपालका अध्यक्ष तथा पूर्व बलिबिल्डर सानु गुरुङले नेपाली बडबिल्डिङको लागि यो खुसीको खबर रहेको बताए। सानु आफै पनि तीन पटकको मिस्टर नेपाल र दुई पटकको धर्मश्री विजेता हुन्। यस्तै उनले २०१८ मा लण्डनमा भएको प्रो क्वालिफायरमा जजको भूमिका समेत निर्वाह गरिसकेका छन्।

‘विश्वका नामुद बडिबिल्डरहरू आवद्ध भएको संस्थाले आफ्नो क्यालेन्डरमा नेपालको नाम उल्लेख गरेर क्यालेन्डर सार्वजनिक गर्नु गौरवको कुरा हो,’ तीन पटकका ‘मिस्टर हङकङ’ समेत रहेका सानु गुरुङले भने, ‘यसले विश्वभरी छरिएर रहेका बडिबिल्डरहरूको माझ नेपाल पनि बडिबिल्डरहरूको देश हो भनेर चिनाउन मद्दत पुग्ने छ।’

नेपालमा हुने प्रो क्वालिफायरको 'फ्लायर' पनि आइएफबीबी प्रोफेसन लिगले आफ्नो वेभसाइटमा राखेको छ। जसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमि छ र त्यसमा विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएको बडिबिल्डर मानिने रोली विङ्करलरले पोज दिएको फोटो समावेश छ।

२०१८ को आर्नोल्ड क्लासिक अष्ट्रेलियाको विजेता समेत रहेका उनै रोली गेष्ट पोजरको रुपमा नेपाल आउँदैछन्।

‘आइएफबिबि लिग नेपाल’ ले गत विङ्कलार नेपाल आउने जानकारी दिइसकेको छ। यस्तै विङ्कलारले पनि आफू नेपाल आउन उत्साहित भएको बताइसकेका छन्।

नेपालमा हुने प्रो क्वालिफायरमा चार प्रो कार्डको लागि प्रतिस्पर्धा हुनेछ। जसमा मेन्ट फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र वुमन्स फिजिक रहेको छ।

नेपालमा हुने लागेको प्रो क्वालिफायर ‘मिस्टर ओलम्पिया’ को छनोट खेल हो। जसमा विश्वभरबाट बडिबिल्डर नेपाल आउँदैछन्। केही प्रो कार्ड जितिसकेका समेत नेपाल आउन इच्छुक रहेको सानु गुरुङले जानकारी दिए।

‘मिस्टर ओलम्पिया’ लाई बडिबिल्डिङको विश्वकप समेत मानिन्छ र हलिउडका अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड स्वाज्नेगरले यो प्रतियोगिता ७ पटक जितिसकेका छन्।

नेपालको हुने क्वालिफायरको क्यालेन्डर सार्वजनिक भएपछि अहिले विश्वभरका बडिबिल्डरको नेपालको बारेमा जान्न चाहेको र प्रो क्वालिफायरका लागि नेपाल आउन पनि इमेल गरिरहेको सानु गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell