PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, राति नै काठमाडौँ ल्याउने तयारी



पहिलोपोस्ट

डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, राति नै काठमाडौँ ल्याउने तयारी

काठमाडौँ : ९ दिनदेखि इलाममा अनशनरत डाक्टर गाेविन्द केसीलाई राति अबेर भए पनि काठमाडौ ल्याउने तयारी गरिएको छ।

इलाम अस्पतालका डाक्टर विजेन्द्रकुमार शाहका अनुसार स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौं लान लागिएकाे हाे। 

इलामबाट एम्बुलेन्समा राखेर झापाको भद्रपुर विमानस्थल लगिने र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइने डा. अभिषेकराज सिंहले बताए। इलामबाट भद्रपुर ९६ किलोमिटरको दूरीमा पर्छ। 

अनशनलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि आज इलाम पुगेका थिए। उनीहरुसँगै डा केसीका सहयोगी डा अभिषेक राज सिंह पनि पुगेका हुन्।

९ दिनदेखि अनशनरत केसी डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

केसीको उपचारमा संलग्न चिकित्सक भन्छन्, 'उहाँको स्वास्थ्य खतरामा छ। जुनसुकै बेला आइसियू चाहिन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell