PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने



राधेश्याम पटेल

विशाल गोल्डकप : झापा एघारलाई ६-१ ले हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग खेल्ने

वीरगंज : झापा एघारलाई फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब वीरगंजमा भइरहेको जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

नारायणी रंगशालामा बिहिबार भएको अन्तिम सेमिफाइनलमा झापा एघारलाई ६-१ को फराकिलो अन्तरले हराउदै आर्मीले हिमालयन शेर्पासँग फाइनल भेट पक्का गरेको हो।

गत पुष ३० गते फिदिममा भएको फाल्गुनन्द गोल्डकपको फाइनलमा आर्मीको दोस्रो रोजाईँको टिमलाई पराजित गर्दै झापाले उपाधि जितेको थियो। वीरगंजमा भने बर्मीले त्यो हारको बदला समेत लियो।

आर्मीलाई फराकिलो जित दिलाउन टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले दुई-दुई र विवेक बस्नेतले एक गोल गरे। अर्को एक गोल भने आर्मीले झापाका तर्फबाट आत्मघाती गोलको रुपमा उपहार पाएको थियो। झापाका लागि आशिग चापागाईँले सान्तवना गोल फर्काए।

खेल शुरु भएको दोश्रो मिनेटमै टेक बहादुर बुढाथोकीले आर्मीको लागि पहिलो गोल गरे। १४औं र २४औं मिनेटमा सन्तोष तामाङले लगातार दुई गोल गरेपछि आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनायो। ७०औँ मिनेटमा आर्मीमा विवेक बस्नेतले प्रहार गरेको बल झापाका लक्ष्मण बाघाले रोक्ने क्रममा खुट्टामा लागेर उनकै गोलपोष्ट भित्र छिरेपछि आर्मीले आत्मघाती गोल उपहार पायो।

खेलको ७४ औं मिनेटमा पुन: टेक बहादुरले गोल गरेपछि आर्मीको अग्रता ५–० को अवस्थामा पुगेको थियो। ७९ औं मिनेटमा आशिष चापागाईँले झापाको लागि गोल फर्काए।

निर्धारितत समयको खेल सकिन दुइ मिनेट बाँकी रहँदा विवेक बस्नेतले गोल थप्दै आर्मीलाई फराकिलो जित दिलाए। आर्मीका लागि दुइ गोल गरेका सन्तोष तामांङ म्यान अफ दि म्याच  घोषित भए।

आर्मीले अब उपाधिका लागि शनिवार हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ।  हिमालयन शेर्पाले बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक वीरगन्ज ११ लाइ ट्राइबेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागिता जनाएका थिए।

प्रतियोगिताको उपाधि विजेताले कपसहित नगद पाच लाख ५५ हजार पाच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैया पुरस्कार प्राप्त गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell