PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोलकिपर रोशन पेनाल्टीसुटआउटमा नायक बनेपछि पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने



पहिलोपोस्ट

गोलकिपर रोशन पेनाल्टीसुटआउटमा नायक बनेपछि पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

धनगढी : वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोलकिपर रोशन खड्का पेनाल्टीसुटआउटमा नायक बनेपछि विभागीय टोली नेपाल पुलिस तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा पुलिसले ए डिभिजन लिगको उपविजेता संकटा क्लबलाई पेनाल्टीसुटआउटमा ५-४ ले पारजित गरेको हव।

पुलिसलाई फाइनल पुर्‍याउन गोलकिपर रोशनले एक पेनाल्टी रोके। सुटआउटमा पुलिसका पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा संकटाका चार खेलाडीले मात्र गोल गरे। संकटाका सुभास गुरुङको पेनाल्टी प्रहार रोशनले रोकेका हुन्।

रोशन निर्धारित समयम सकिएपछि थप गरिएको ३ मिनेटको इन्जुरी टाइममा मात्र मैदान प्रवेश गरेका थिए। प्रशिक्षक अनन्त थापाले नियमित गोलकिपर शत्रुघन चौधरीको स्थानमा रोशनलाई मैदान प्रवेश गराउदै रणतीतिक चाल चलेको थिए र उनले त्यसलाई न्याय समेत गरिदिए। निर्धारित समयमको खेलमा चौधरीले केही उत्कृष्ट बचाउ गर्दा पुलिस गोल खानबाट जोगिएको थियो।

धनगढी रंगशालामा भएको खेलमा निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटतर्फ गएको थियो।

जहाँ पुलिसका पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र कप्तान विक्रम धिमाल ले गोल गरे। संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले मात्र गोल गरे।

दुवै टिमले सुरुको चार-चार पेनाल्टी गोलमा परिणत गरेका थिए। संकटाको लागि पाँचौ प्रहार गरेका सुभाष गोल गर्न असफल भए। उनको प्रहार रोशनले बचाएपछि पुलिसलाई फाइदा पुगेको थियो। त्यसपछि कप्तान विक्रम धिमालले गोल गरेपछि पुलिसले फाइनलमा थ्री स्टारसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यस जितपछि पुलिसले लिगमा संकटासँग बेहोरेको हारको बदला समेत लिएको छ। पुलिसले क्वाटरफाइनलमा लिग विजेता मनाङ मर्स्याङ्दीलाई नै पराजित गरेको थियो।

पेनाल्टी बचाएका पुलिसका गोलकिपर रोशन खड्का खेलको म्यान अफ द म्याच बने। उनले नगद १० हजार पाए।

मोफसलकै सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख हात पार्नेछ। पुलिस र थ्री स्टारबीच फाइनल खेल शनिवार हुनेछ। यस्तै उत्कृष्ट खेलाडीले एक थान मोटरबाइक प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell