PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

राकेश श्रेष्ठलाई एन्फाको सम्मान ५ लाख रुपैयाँ !



पहिलोपोस्ट

राकेश श्रेष्ठलाई एन्फाको सम्मान ५ लाख रुपैयाँ !

काठमाठौँ : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठलाई नगद ५ लाख प्रोत्साहन स्वरुप दिने भएका छन्।

राके तिनै खेलाडी हुन जसले सरकारबाट घोषणा भएको अपार्टमेन्ट पाएका छैनन् त्यो घोषणा भएको पनि आधा दशक बढी भइसक्यो। राकेशसँगै पूर्व कप्तान सागर थापा र रितेश थापाले घोषणा भएको अपार्टमेन्ट पाएका छैनन्।

बिहीवार बसेको एन्फन कार्यसमितिको बैठकले राकेशलाई पूर्वघोषित अपार्टमेन्ट हालसम्म नपाएका कारण ५ लाख प्रोत्साहन स्वरुप दिने निर्णय गरेको हो।

झण्डै ८ वर्षअघि गणेश थापा एन्फाको अध्यक्ष हुँदा राकेशलाई अपार्टमेन्ट दिने निर्णय भएको थियो।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राकेशलाई अपार्टमेन्टको डमी समेत हस्तान्तरण गरेका थिए।

तर एक दशक बित्न लाग्दा समेत राकेशले रियल अपार्टमेन्ट पाएका छैनन्।

'२०६२ मा एन्फाले उपेन्द्रमान सिंहलाई कारबाट सम्मान गरेपछि २०६३ मा हरि खड्कालाई पनि कार प्रदान गर्‍यो। त्यसअनुसार मैले पनि २०६४ सालमै पाउनुपर्ने थियो। तर पाँच वर्षपछि मात्र पाएँ। तर अर्को पाँच वर्षसम्म पनि घोषणा भएको अपार्टमेन्ट पाइन। २०७३ सालमा राकेश पहिलोपोस्टसँग भनेका थिए।

संयोगवस त्यतिबेलाको प्रधानमन्त्री प्रचण्ड नै थिए। अहिले एन्फाले ५ लाख प्रोत्साहन रकम घोषणा गर्दा प्रचण्ड देशकै ठूलो दश नेकपाका संयुक्त अध्यक्षको रुपमा छन्। अर्का अध्यक्ष केपी शर्मा ओली देशका प्रधानमन्त्री छन्।

अहिले एन्फाले ५ लाख दिने निर्णयमा भने राकेश खुशी छन्। 'लामो समय देशको लागि फुटबल खेलेँ। सम्मान पाउ खुशी लाग्छ। यसअघि नरेन्द्र श्रेष्ठ नै अध्यक्ष हादा यसबारे छलफल भएको थियो। अहिले नयाँ कार्यसमिति आएपछि पनि अध्यक्षसँग कुरा भएको थियो। खुशी लागेको छ।'

श्रेष्ठले अब अपार्टको बारेमा भने एन्फासँग कुरा नगर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी आफैँ नै लिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell