PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वीडेनका योहान कलिन नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त, अरु के-के भए एन्फाको निर्णय?



पहिलोपोस्ट

स्वीडेनका योहान कलिन नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त, अरु के-के भए एन्फाको निर्णय?
photo : goalnepal

काठमाडौँ : यसअघि नै नेपालको ए डिभिजन क्लब मछिन्द्रको प्रशिक्षक सम्हालिसकेका स्वीडिस योहान कलिन नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीवार बसेको कार्यसमिमित बैठकले कलिनलाई राष्ट्रिय टोली तथा युवा टोलीको प्रशिक्षङ्कको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी आगामी मार्चमा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। तर उनको सम्झौता रकम र सम्झौता अवधी भने खुलाइएको छैन।

यसअघि नै कलिनको नाम नेपालको प्रशिक्षक बन्ने हल्ला हुँदा एन्फाको प्राविधिक समितिका संयोजक कृष्ण थापाले अनुसन्ष्टी जनाएका थिए। तर उनै थापा सहितको कार्यसमिति बैठकले कलिनलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

युइएफए प्रो लाइसेन्स होल्डर कलिनले अहिलेसम्म कुनै पनि राष्ट्रिय टिमको प्रशिक्षक सम्हालेका छैनन्। तर यसअघि नेपाल आउँदा उनले मछिन्द्र क्लबलाई लिगमा दोस्रो स्थान हात पार्न मद्दत गरेका थिए।

यस्तै बैठकले अन्य विभिन्न विषयमा समेत निर्णयहरु गरेको छ। जस अनुसार नेपालमा हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेको ३० खेलाडीलाई १० हजार मासिक रुपमा उपलब्ध गराउने निर्णय भएको छ। यस्तै २०२० टोकियो ओलम्पिकको लागि एसिया क्षेत्रको पहिलो चरणको छनोट पार गर्न सफल नेपालको सिनियर महिला टोलीका प्रत्येक खेलाडीलाई ५०-५० हजार नगद दिने एन्फाले निर्णय गरेको छ।

यस्तै एएफसी यू-१९ महिला च्याम्पियनसिको पहिलो चरण पार गरेको नेपाली टोलीका सदस्यलाई २५-२५ हजार समेत दिने निर्णय भएको छ।

यसैगरी कार्यसमिति बैठकले एन्फाको मानार्थ अध्यक्ष रहेका टासी घलेको उक्त पद स-सम्मान फिर्ता लिने भन्दै बर्खास्त गरेको छ।

एन्फा कार्यसमिति बैठकको अन्य निर्णयहरु:






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell