PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आयो 'फिल्मी फुच्चे' एप



पहिलोपोस्ट

आयो 'फिल्मी फुच्चे' एप

काठमाडौं :  नेपाली फिल्मसँग सम्बन्धित 'फिल्मी फुच्चे एप' सार्वजनिक भएको छ। एपले नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका फिल्म सम्बन्धि जानकारी दिने बताइएको छ।

एपमा प्रदर्शनमा आएका र आउने फिल्मका सबै जानकारी, समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु समावेश गरिने बताइएको छ। त्यस्तै, फिल्मको ट्रेलर र गीतको अपडेट एपमा पाइनेछ। विदेशी फिल्मलाई पनि एपमा राखिनेछ।

अहिले गुगल प्ले स्टोरबाट एनड्रोइड प्रयोगकर्ताले मात्र 'फिल्मी फुच्चे' डाउनलोड गर्न मिल्नेछ। अब केहि समयमै आइफोन प्रयोगकर्ताहरुले पनि एप चलाउन सक्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell