PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा

पोखरा : पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

बिहीबार भएको क्वाटरफाइनलमा जित हात पार्दै विभागीय क्लबद्वय एपीएफ र नेपाल पुलिस तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ३ अन्तिम चारमा प्रवेश गरेका हुन्।

एपीएफले विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई २५-१५, २५-१९, २५-१६ ले पराजित गर्यो। यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई २५-१४, २५-६, २५-१७ को सेटमा पराजित गर्यो।

तेस्रो क्वाटरफाइनलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई ३-० को सेटमा हरायो। प्रदेश ३ ले २५-३, २५-१४, २५-१० ले पराजित गरेको हो।

यसैगरी चौथो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले प्रदेश २ लाई २५-१४, २५-१७, २५-१२ को सेटमा पराजित गरेको हो।

अब शुक्रवार हुने सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश नम्बर र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell