PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

खुकुरी र खुर्सानीको धुलो बोकेर एटिएम बाहिर



पहिलोपोस्ट

खुकुरी र खुर्सानीको धुलो बोकेर एटिएम बाहिर

काठमाडौँ : ललितपुरको कुमारीपाटी स्थित एउटा बैँकको एटिएम बाहिर खुकुरी र खुर्सानीको धुलोसहित नगद लुटपाट गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ।  

सर्लाही रानीगञ्ज घिमिरे चोकका २८ वर्षीय गोपाल दयालले इन्भेष्टमेन्ट बैंकको एटिएमबाट पैसा निकालेर निस्कनन लागेका मकवानपुर हेटौंडा घर भई हाल ललितपुर महानगरपालिका-१७ बस्ने ३९ वर्षीय राकेशकुमार राईलाई बायाँ हत्केलामा खुकुरी प्रहार गरेका थिए। 

राईलाई घाइते बनाई पैसा लुट्न खोजेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटीएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो।

गोपालको साथबाट एउटा खुकुरी र खुर्सानीको धुलोको एक पोका समेत प्रहरीले बरामद गरेको छ। घाइते राकेशकुमारलाई उपचारार्थ पाटन अस्पताल पठाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell