PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वुमन्स टी २० स्म्यास : नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्ने



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्ने

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग शुक्रवार खेल्दैछ।

समूह ए मा चार वटै खेल जितेर समूह विजेता बनेको नेपालले समूह बी को उपविजेता इन्डोनेसियासँग खेल्ने भएको हो।

नेपालले समूह चरणमा चीनलाई १० विकेटले, मलेसियालाई ६ विकेटले, युएईलाई ६ विकेटले र थाइल्याणण्ड ए लाई ९ विकेटले पराजित गरेको थियो।

उता समूह बी मा आयोजक थाइल्याण्डको सिनियर टिम सबै चार खेल जित्दै समूह विजेता बन्दा थाइल्याण्डसँग हारेको इन्डोनेसिया समूह उपविजेता बनेको हो।

थाइल्याण्डले अर्को सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell