PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्र सङ्घको स्थायी प्रतिनिधिमा सिफारिस राई विरुद्ध उजुरी माग



राष्ट्र सङ्घको स्थायी प्रतिनिधिमा सिफारिस राई विरुद्ध उजुरी माग

काठमाडौँ : संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्तिका लागि सिफारिस गरिएका अमृत राईको सुनुवाइ प्रक्रिया सुरु भएको छ।  

संसदीय सुनुवाइ समितिले राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधिको रूपमा सरकारले सिफारिस गरेका राई विरुद्ध उजुरी माग गरेको हो। समितिले भोलि देखि लागु हुने गरी १० दिनको समय दिएर सर्वसाधारणसँग उजुरी माग गरेको हो। 

दक्षिण अफ्रिकाको राजदूतको रूपमा कार्यरत राईलाई सरकारले फिर्ता बोलाएको थियो। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका राईलाई गत पुसमा न्यूयोर्कका लागि स्थायी प्रतिनिधिको रूपमा नियुक्तिका लागि सिफारिस गरेको थियो। 

यसअघि सरकारले स्थायी नियोगका तत्कालीन प्रमुख दुर्गाप्रसाद भट्टराईलाई साउनमा फिर्ता बोलाएको थियो। 

यसैबिच सरकारले नियुक्तिका लागि सिफारिस गरेका प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ। फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell