PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, ढकाल र अधिकारीको आज सुनुवाइ हुने



पहिलोपोस्ट

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, ढकाल र अधिकारीको आज सुनुवाइ हुने

काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु गर्दैछ। प्रस्तावित पाँचमध्ये समितिले बिहीबार दुई राजदूतको सुनुवाइ गर्ने तयारी गरेको छ। प्रस्तावित पाँचै जना राजदूतविरुद्ध कुनै पनि उजुरी परेको छै।

समिति सचिवालयका अनुसार बिहीबार थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको सुनुवाइ गर्ने तयारी छ। अन्य तीन जनाको सुनुवाइ पनि निरन्तर नै हुनेछ।  

समितिले पुस १९ गतेदेखि दश दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। सो अवधिमा कुनै पनि राजदूतविरुद्ध उजुरी नपरेको हो।

सरकारले ढकाल र अधिकारीसहित मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्ड, भृगु ढुङ्गानालाई क्यानडा, दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूतमा सिफारिस गरेको छ।

सुनुवाइ सकिएपछि नियुक्तिको प्रक्रिया सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell