PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई उपाधि

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई उपाधि

पहिलोपोस्ट /पहिलोपोस्ट


क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोलको मद्दतमा युभेन्ट्सले इटालियन सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको जदाहमा भएको फाइनलनलमा एसी मिलानलाई १-० ले पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौँ पटक सुपर कप जितेको हो। यस उपाधिसँगै युभेन्ट्सले सर्वाधिक उपाधि जित्नेमा मिलान (८)लाई पछि पारेको हो।

रोनाल्डोले खेलको ६१औँ मिनेटमा मिरालेम पिजानिकको पासमा गोल गरेका थिए। ७४औँ मिनेटमा समिलानका फ्रान्क केसेले रातो कार्ड पाएपनि युभेन्ट्सले गोल थप्न भने सकेन।

सिरी ए को लिडर युभेन्ट्सका लागि रोनाल्डोले सबैखाले प्रतियोगितामा गरेर १६ गोल गरिसकेका छन्।

रोनाल्डो चार फरक देशको लिगमा सुपर कप जित्ने खेलाडी समेत बनेका छन्। उनले यसअघि पोर्चुगल, इंग्ल्याण्ड र स्पेनमा खेल्दै सुपर कप जितेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell