PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम साता



पहिलोपोस्ट

दिदीबहिनी कप महिला भलिबल माघ अन्तिम साता

काठमाडौं : रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको आयोजनामा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि हुने भएको छ।

आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म हुने जानकारी दिएको हो।

११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं वार्षिकोत्सवको भलिबल हुन लागेको हो। महोत्सव भने माघ २५ देखि फागुन ५ गतेसम्म चल्नेछ।

महिला भलिबल प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टोली, आयोजक दिदिबहिनी क्लब गरी ६ टोलीको सहभागिता हुनेछ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख हात पार्नेछन्। यस्तै तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले ५-५ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell