PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार फाइनलमा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार फाइनलमा

धनगढी : ललितपुरको ए डिभिजन क्लब थ्री स्टार तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको पहिलो सेमिफाइनलमा मेत्री नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो।

धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६९औँ मिनेटमा रुपेश केसीले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले मिलाएको हेडर पासमा केसीले गोल गरेका हुन्।

८१औँ मिनेटमा सुनिल बलले गोल गर्दै थ्री स्टारको जित पक्का गरे। उनले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरे।

म्यान अफ दि म्याच बनेका सुनिल बलले नगद १० हजार प्राप्त गरे।

थ्री स्टारले अब उपाधिका लागि नेपाल पुलिस र संकटाको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ।

सर्वाधिक नगद पुरस्कार राशी रहेको नकआउट प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख तथा उपविजेताले १० लाख हात पार्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell