PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले खोल्यो फायर



पहिलोपोस्ट

हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले खोल्यो फायर

काठमाडौं:  सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालयको टोलीले आज बिहान बाँकेका युवराज गिरीलाई पक्राउ गरेको हो। प्रहरीको घेरा तोडेर भाग्न खोज्दा प्रहरीले गिरीको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका डिएसपी रमेश सिंहले जानकारी दिए। 

डिएसपी सिंहले भने, ’ठकुरीको हत्या गिरीले गरेको केही प्रमाण भेटेपछि पक्राउ गर्न गएका थियौं। हाम्रो सुरक्षा घेरा तोडेर भाग्न खोजेपछि खुट्टामा गोली हानेका हौं।‘ २१ वर्षीय गिरी गाडीका सहचालक हुन्।

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको गत शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। 

कोहलपुरमा आफन्तको घरमा बस्दै आएका उनी शुक्रवार साँझ घरबाट निस्केको आफन्तले बताएका थिए। प्रहरीमा जागिर लगाइदिने भन्दै गिरीले ठकुरीसित १ लाख ४० हजार रुपैयाँ लिएको र प्रहरीमा नाम ननिस्किएपछि विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुन्धानमा खुलेको डिएसपी सिंहले बताए।

‘जागिर लगाइदिने भन्दै पैसा लिएको खुलेको छ। ठकुरीले हत्या गरेको फोटो समेत फेला पारेका छौं।‘

हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेको थियो। केही दिन अघि मात्र प्रहरीले हत्या अभियोगमा भरत शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell