PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा उम्रियो कपासको बीउमा पालुवा



पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा उम्रियो कपासको बीउमा पालुवा
फोटो : AFP/CHONGQING UNIVERSITY

चीनको अन्तरिक्ष मिसन 'चाङ इ ४' ले पृथ्वीबाट चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर त्यसमा पालुवा पलाउन थालेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ।

उम्रिएका बीउहरुलाई यानमै एक सिसाको भाँडोमा राखिएको बताइएको छ।

चन्द्रमामा कुनै प्रकारको जैविक पदार्थ उत्पादन भएको यो पहिलो घटना हो। यसबाट चन्द्रमाका विषयमा अध्ययन गर्न र अन्तरिक्ष अन्वेषणमा सहयोग हुने अनुमान गरिएको छ।

'चाङ इ ४' पृथ्वीबाट नदेखिने भागमा अवतरण गर्ने पहिलो यान समेत हो। जनवरी ३ मा उक्त क्षेत्रको अनुसन्धानका लागि उपकरणहरु सहित सो यान अवतरण भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा पहिले पनि बिरुवाहरु उमारिएका थिए। तर चन्द्रमा भने यस्तो पहिलोपटक भएको हो।

चन्द्रमामा नै बिरुवाहरु उमार्न सक्ने अवस्थाको विकाससँगै लामो दुरीका अन्तरिक्ष यात्राहरु र साढे दुई वर्ष लाग्ने मंगल ग्रहको यात्राका लागि महत्वपूर्ण हुने अनुमान वैज्ञानिकहरुले गरेका छन्।

अन्तरिक्षयात्रीहरुले चन्द्रमामा नै आफ्ना लागि आवश्यक खाद्यान्नहरु उत्पादन गर्न सक्षम हुने विश्वास गरिएको छ। यो भन्दा पहिला खाद्यान्न सकिएको खण्डमा उनीहरु पृथ्वी फर्कने गर्थे।

वैज्ञानिकहरुले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell