PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुशील र सुपुस्पाको प्रेम चर्चा मात्र



पहिलोपोस्ट

सुशील र सुपुस्पाको प्रेम चर्चा मात्र

काठमाडौं : 'रणवीर'बाट डेब्यू गरेकी सुपुस्पा भट्टले फिल्मका मुख्य अभिनेता सुशील सिटौलासँग प्रेम सम्बन्ध नरहेको बताएकी छिन्। पछिल्लो समय उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो। तर, हालै सुशीलले पनि प्रेम सम्बन्धबारे स्पस्टिकरण दिएका छन्। 

उनले भने 'मैले सुपुस्पालाई त छायाँकनको समयदेखि चिनेको हुँ। खै, कसरी हल्ला चल्यो।'

उता अभिनेत्री सुपुस्पाले भने फिल्म टिममा जोडिएपछि मात्र सुशीलसँग नजिक भएको बताइन्। उनले फिल्मको अडिसनबारे अर्का कलाकार प्रशान्त ताम्राकारबाट थाह पाएकी थिइन्। बुवासँगै फिल्मको टिमसँग कुरा गर्न पुगेकी थिइन् सुपुस्पा।

उनी अडिसन पास गरेर नै फिल्ममा अनुबन्धित भएकी थिइन्। फिल्ममा आफ्नो पनि मुख्य भुमिका रहेको उनी बताउँछिन्। फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुपुस्पा र सुशीलसँगै शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, नरेश पौडेललगायतको अभिनय छ। सुपुस्पाको डेब्यू कस्तो रहला त्यो त पछि नै थाह हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell