PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अफगानिस्तानमा सुरक्षित मानिएको 'ग्रीन जोन'मा बम बिस्फोट, चारको मृत्यु



अफगानिस्तानमा सुरक्षित मानिएको 'ग्रीन जोन'मा बम बिस्फोट, चारको मृत्यु
फोटो : EPA-EFE

काबुल : अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन्। 

घाइते भएकामा २३ जना बालबालिका पनि छन्। गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण संकलन भइरहेको बताएका छन्। विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन्। 

घाइते भएकामा १२ जना महिला पनि छन्। उक्त बिस्फोट निकै सुरक्षित मानिएको 'ग्रीन जोन' छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालय नजिकै भएको थियो। 

अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भएपनि काबुलको नतिजा सोमबार मात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो।

उक्त चुनावमा आठसय भन्दा बढी उम्मेदवार भएपनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन्। अफगानिस्तानको २४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाई भइरहेको छ। 

चुनावमा पराजित भएकाहरुले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन्। 

प्रहरीले यस आक्रमणको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको जनाएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell