PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार पक्राउः घुसको रकम छोरीको बैंक खातामा



पहिलोपोस्ट

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार पक्राउः घुसको रकम छोरीको बैंक खातामा
प्रतिकात्मक तस्विर

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित एक जनालाई पक्राउ गरेको छ।

आयोगको टोलीले सोमवार बिहान कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

पन्थीले एक विद्यालयको स्कुलको बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने कुमारी पन्थीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको सहसचिव दंगालले जानकारी दिए। रजिस्ट्रार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीको बैंक खातामा राखेको अवस्थामा बैक परिसरबाट नै पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell