PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पार्श्व गायनमा स्वप्न सुमन र त्रिशाला गुरुङ



पहिलोपोस्ट

पार्श्व गायनमा स्वप्न सुमन र त्रिशाला गुरुङ

काठमाडौं : कभर गीत गाएर चर्चामा आएका गायक/गायिकमा पर्छन् स्वप्न सुमन र त्रिशाला गुरुङ। उनीहरु दुवैका विभिन्न कभर गीत युट्युबमा प्रशस्तै पाइन्छ। उनीहरुले सँगै कभर गीत पनि गाएका छन्।

अब, उनीहरु पार्श्व गायनमा पनि अघि सरेका छन्। हालै उनीहरुले फिल्म 'सय कडा दश'को नयाँ गीतमा स्वर दिएका छन्। 'पिरतीको गाउँ' बोलको गीतमा शब्द, रबि मल्लले लेखेका हुन्। कल्याण सिंहको संगीत रहेको गीतको भिडियोम दिलिप ओखेडाको कोरियोग्राफी र चन्दन दत्तको रंग संयोजन छ।

भिडियोमा फिल्मका मुख्य कलाकार अमृत ढुङ्गाना, करुणा श्रेष्ठ र उत्सव न्यौपाने फिचर्ड छन्। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ। रामशरण पाठक निर्देशित फिल्ममा अमृत, करुणा र उत्सवसँगै मनोज गजुरेल,राजाराम पौडेल, सोनिया राईलगायतको अभिनय छ।

फिल्मले प्रेम भर्सेस भ्रष्टाचारीको कथा समेटेको बताइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell