PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफगानिस्तानमा तालिवान लक्षित ड्रोन कारबाही, कमान्डर सहित आठको मृत्यु



अफगानिस्तानमा तालिवान लक्षित ड्रोन कारबाही, कमान्डर सहित आठको मृत्यु
फाइल फोटो : AFP

पुल ए खुम्री : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा तालिबान लक्षित मावनरहित ड्रोन कारबाही गरिएको छ।

 आक्रमणमा तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ। 

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमालले कारबाही बारे जानकारी दिएका हुन्।

बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमालले बताए। 

सो विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी आसादुल्लाहसहित आठ व्यक्तिको मृत्यु भएको जमालले बताए। रासस/सिन्हवा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell