PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाइडबडी प्रकरणमा मेरो संलग्नता छैन, ओली पहिलोपटक प्रम हुँदा महत्वपूर्ण निर्णय: देउवा



वाइडबडी प्रकरणमा मेरो संलग्नता छैन, ओली पहिलोपटक प्रम हुँदा महत्वपूर्ण निर्णय: देउवा
फाइल फोटो

धनगढी: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। 

आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। देउवाले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको उल्लेख गरे। 

“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” देउवाले प्रश्न गरे। सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको बताएका थिए। फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिनेसमेत बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell