PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सरकार ट्रायलमै फेल, दुई अध्यक्षले चलाएको पार्टी भौतारिएको जहाजजस्तै, कति बेला ड्याम्म खस्ने हो: निधि



पी बी खड्का

सरकार ट्रायलमै फेल, दुई अध्यक्षले चलाएको पार्टी भौतारिएको जहाजजस्तै, कति बेला ड्याम्म खस्ने हो: निधि

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकार ट्रायलमै फेल भएको दाबी गरेका छन्। आइतवार सुर्खेतमा भएको कार्यक्रर्ता भेटघाटमा दुई तिहाई बहुमत पाएको सरकारले अहिलेसम्म कुनै पनि काम गर्न नसकेको उल्लेख गर्दै ट्रायलमै फेल भएको बताएका हुन्।
 
‘निर्वाचनपछि दुई तिहाई बहुमत पाएको सरकार असफल भएको सावित भैसक्यो,’ उनले भने,‘जनताले मत दिएर डाडुपन्यु सुम्पिदा समेत भात दाल पकाउन सकेन। यो अवधि सरकारको ट्रायल थियो तर, ट्रायलमै फेल भइसक्यो।’

केन्द्र सरकार असफल हुनु भनेकै कम्युनिष्ट पार्टी असफल र असक्षम भएको उनको तर्क गरे। ‘केन्द्र सरकार असफल हुनु भनेकै कम्युष्टि पार्टी असफल र असक्षम हुदैँ गएको हो। त्यसैले अब गाउँघरमा मतदातालाई भन्नुस् सरकार असफल भइसक्यो भनेर’ उनले भने।
 
दुई जना अध्यक्ष भएको कम्युनिष्ट पार्टी अहिले आकाशमा भौतारिएको जहाज जस्तो र कति बेला दुर्घटना पर्न सक्ने खत्रा भएको बताए। ‘कम्युनिष्ट पार्टीको दुई जना अध्यक्ष हुनुहुन्छ। अहिले आकाशमा भौतारिएको जहाज जस्तो भएको छ,’ उनले भने,‘कति बेला कहाँ निर ड्याम्म खस्ने भन्ने चिन्ता जनतालाई लागेको छ।’
 
संविधानमा गरिएको व्यवस्था अनुसार संघीय व्यवस्थामा नभएको भन्दै सरकारको आलोचना गरे। सरकारले बनाउनुपर्ने कानुन समेत नबनाएको र प्रदेश सरकारलाईसमेत अधिकार नदिएको बताए।
 
अहिले प्रदेश सरकारले अधिकार नपाएकाले काम गर्न नसकेको भन्दै केन्द्र सरकारले भएका अधिकार पनि आफ्नो मातहतमा ल्याउने कसरतमा लागेको उनको आरोप छ। ‘अहिले ६ वटा प्रदेशमा कम्युनिष्टकै सरकार छ। त्यो पनि प्रदेश २ लेसमेत साथ दिएको छ।’ उनले भने,‘आफ्नै पार्टी प्रदेश सरकारलाई अधिकार र कर्तव्य दिएको छैन।’ 

फेरि थपे,‘प्रदेश सरकारलाई अधिकार माग्न समेत लाज लागी सक्यो। आफ्नै सरकारले पनि अधिकार नदिँदा के विरोध गर्नु प्रदेश सरकारलाई भएको छ।’

त्यस्तै, कांग्रेसका नेता तथा कार्यक्रर्तालाई गाउँगाउँमा जान आग्रह गरेका छन्। सरकार फेल भइसकेको अवस्थामा आगामि चार वर्षका लागि तयारी गर्न गाउँ जान आग्रह गरेका हुन्। गाउँगाउँ गएर संगठन विस्तार र सुदृढिकरणमा लाग्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell