PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेङकु अब्दुल्लाहलाई मलेसियाको नयाँ राजा बन्ने बाटो खुला, मंगलवार शपथ लिँदै



 तेङकु अब्दुल्लाहलाई मलेसियाको नयाँ राजा बन्ने बाटो खुला, मंगलवार शपथ लिँदै
फोटो: बर्नामा

क्वालालम्पुर : मलेसियामा नयाँ राजाको छनौट गर्ने प्रक्रिया सुरु भएको छ। 

गत आइतवार मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको घोषणा गरेपछि नयाँ राजा चयन प्रक्रिया सुरु भएको हो।

सुल्तान मुहम्मदको गद्दी त्गागसँगै अब पहाङका सुल्तानको राजा बन्ने पालो रहेको बताइएको छ।

पहाङका सुल्तान अहमद शाह भावी राजा हुने बताइएको थियो। तर ८८ वर्षे शाहको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनका छोरा पहाङ रेजेन्ट तेङकु अब्दुल्लाहले अब पहाङका सुल्तानका रुपमा शपथ लिने बताइएको छ। आफ्नो बुवालाई पदस्थापन गर्दै सुल्तानका रुपमा शपथ लिइसकेपछि अब्दुल्लाहलाई मलेसियाको राजा बन्ने बाटो खुल्ने बताइएको छ।

पहाङ शाही काउन्सिलले अब्दुल्लालाई सुल्तान बनाउने प्रस्ताव स्वीकार गरेको बताइएको छ। अब्दुल्लालाई जनवरी १५ मा सुल्तानका रुपमा शपथ गराइने बताइएको छ।

केहीदिन अघि 'काउन्सिल अफ रुरल्स'को बैठकले जनवरी २४ मा राजा चयन गर्ने र जनवरी ३१ मा शपथ कार्यक्रम गर्ने निर्णय गरेको थियो। 

संवैधानिक राजतन्त्रात्मक व्यवस्था रहेको मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ।

पहाङका सुल्तानपछि जोहोरका सुल्तानको राजा बन्ने सम्भावना रहेको छ। राजगद्दी खाली भएको एक महिनाभित्रै निर्वाचन मार्फत नयाँ राजा छनौट गर्नुपर्ने प्रावधान रहेको छ।

मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका ४९ वर्षीय राजा मुहम्मदले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell