PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विशाल गोल्डकप : कोलकतावरुद्ध वीरगंज पेनाल्टीसुटआउटमा विजयी



राधेश्याम पटेल

विशाल गोल्डकप : कोलकतावरुद्ध वीरगंज पेनाल्टीसुटआउटमा विजयी

वीरगंज : दोस्रो विशाल गोल्डकपमा वीरगंज एघारले विजयी सुरुवात गरेको छ। विशाल मेमोरियाल फाउन्डेशनद्वारा नारायणी रंगशालामा आजबाट सुरु भएको आयोजित उद्घाटन खेलमा वीरगंज एघारले कोलकत्ता भारत टिमलाई पेनाल्टीसुटआउटमा ४–१ गोल अन्तरले पराजित गरेको छ।

निर्धारित समयको खेल बराबरीभएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।

वीरगंजका लागि टिमका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरी र अहुज सिंहले गोल गरेका थिए। कोलकत्ताका तर्फबाट प्रहार भएका तीनमध्ये दुई पेनाल्टी प्रहार वीरगंजका गोलकिपर दिपेश यादवले बचाए।

कोलकत्ताबाट जाइभर लाकाराले मात्र एक गोल गर्न सफल भएका थिए।

खेलको म्यान अफ दि म्याच वीरगंज एघारका गोलकिपर दिपेश यादव घोषित भए। उनले आयोजकका तर्फबाट ५ हजार र दर्शक कृष्ण सिंहको तर्फबाट ५ हजार गर्दै दश हजार पुरस्कार पाएका छन्।

माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा हिमालय शेर्पा,त्रिभुवन आर्मी क्लब, नवजन जागृति सिमरा, झापा एघार, एपीएफसहित दुई भारतीय क्लब र एक वीरगंजको गरी आठ टिमको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका पुर्व सभासद् तथा उद्योगी अनिल रुगंटाले गरेका थिए।

प्रतियोगिताको उपाधी विजेताले रु ५ लाख ५५ हजार पाउने छन् भने उपविजेताले २ लाख ७७ हजार पाउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell