PahiloPost

Mar 18, 2019 | ४ चैत्र २०७५

भारतका प्रधानसेनापति थापालाई मनार्थ महारथीको दर्ज्यानी


भारतका प्रधानसेनापति थापालाई मनार्थ महारथीको दर्ज्यानी

काठमाडौँ: भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
 
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ।
 
नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ। भारतीय प्रधानसेनापतिको निमण्त्रणामा प्रधानसेनापति थापा शुक्रबार नयाँ दिल्ली पुगेका हुन्।  



भारतका प्रधानसेनापति थापालाई मनार्थ महारथीको दर्ज्यानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट