PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिका चीन व्यापार तनाबले संकटमा हुवावे: पोल्याण्डमा कर्मचारी पक्राउ, अमेरिकाबाट सामाग्री फिर्ता



अमेरिका चीन व्यापार तनाबले संकटमा हुवावे: पोल्याण्डमा कर्मचारी पक्राउ, अमेरिकाबाट सामाग्री फिर्ता
फोटो : GETTY IMAGE

पोल्याण्ड प्रहरीले चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी हुवावेका कर्मचारीलाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीले जासुसी गरेको अभियोगमा आफ्ना नागरिकलाईसमेत पक्राउ गरेको छ।

त्यहाँको प्रहरीले हुवावे टेक्नोलोजीको स्थानीय कार्यालयमासमेत छापा मारेको छ। त्यहाँ पोल्याण्डका नागरिकहरुसमेत काम गर्थे। यो कार्यालय टेलिकम फार्म ओरेञ्ज पोलास्काकोसमेत कार्यालय हो।

ओरेन्जले सुरक्षा संयन्त्रले आफ्ना कर्मचारिहरुको तथ्यांक लगिएको जनाएको छ। उनले अनुसन्धान र छापा किन गरियो भन्ने जानकारी नभएको भए पनि सुरक्षा अधिकारीहरुलाई अनुसन्धानमा सहयोग पुर्‍याउने बताएको छ।

हुवावे पोल्याण्डले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।

गत डिसेम्बरमा क्यानाडामा हुवावेकी सीएफओ मेङ वान्चोउलाई पक्राउ गरेको थियो। उनलाई अमेरिकाको आग्रहमा पक्राउ गरिएको थियो।

अमेरिकाको गुप्तचर संस्थाले हुवावे चिनियाँ सरकारसँग जोडिएको संस्था भएको र सरकारको लागि जासुसी गर्ने आरोप लगाउँदै आएको छ। हुवावेले यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ भने अमेरिकाले यस विषयमा कुनै प्रमाण दिन सकेको छैन।

अमेरिकी आलोचना र दबाबका कारण पश्चिमा देशहरुले आफ्नो देशका टेलिकम्यूनिकेसन नेटवर्कमा हुवावेका उत्पादन प्रयोग गर्ने नगर्ने विषयमा छलफल गरिरहेका छन्।

पक्राउ परेका चिनियाँ नागरिक बेइजिङस्थित त्यहाँको प्रमुख इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने र अर्का पोल्याण्डका नागरिक त्यहाँको साइबर व्यवसायी रहेको जनाइएको छ। उनीहरुलाई तीन महिनासम्म जेल सजाय हुन सक्ने त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ।

 

पक्राउ परेका पोल्याण्डका नागरिक त्यहाँको आन्तरिक सेक्यूरिटी एजेन्सीका पूर्व एजेण्ट रहेको बताइएको छ।

पछिल्लो समय हुवावेले युरोपमा दबाब महसुस गर्दै आएको छ। युरोपका देशहरुले बेइजिङले कम्पनीका उपकरण जासुसीका लागि प्रयोग गर्न सक्ने आशंका गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपीयन साझेदारहरुलाई हुवावेमाथि प्रतिवन्ध लगाउन दबाब दिँदै आएका छन्।

पोल्याण्ड सरकार अमेरिकासँग नजिक रहेको छ। अहिले पोल्याण्ड ‘ट्रम्प स्टाइल’ राष्ट्रवादी छ भने अमेरिकी सेना पोल्याण्डमा क्याम्प बनाएर बसेका छन्।

युरोपेली मुलुक बेलायन, फ्रान्स, जर्मनी र नर्वेले पनि हुवावेमाथि सार्वजनिक रुपमा चासो व्यक्त गर्दै आएका छन्। युरोपकै स्पेन, पोर्चुगल र हंगेरीले भने चिनियाँ सहयोगलाई सहर्ष स्वीकार गर्दै आएका छन्।

युरोपले हुवावेसँग साझेदार गर्दा चुनौतीको समाना गरिरहेको छ। यसले पूरा महादेश नै यसका स्वायत्त हुनका लागि सक्षम छैन भन्ने देखाएको छ,’ स्वीस साइवर सेक्यूरिटी एडभाइजरी एण्ड रिसर्च ग्रुपका प्रमुख सोलांगे घेर्नाउटीले भनेका छन्, ‘युरोप या त चीन या अमेरिकासँग निर्भर छ।’

पोल्याण्डमा पक्राउ परेका दुई जना माथिको अभियोग प्रमाणित भए १० वर्षसम्मको जेल सजाय हुन सक्छ। पोल्याण्डका स्पेशन सर्विस कोअर्डिनेटर मन्त्रीका प्रवक्ता तथा सोसल कम्यूनिकेशन डिपार्टमेन्टका प्रमुख स्टेन्सल जारिनले ट्वीटरमार्फत यस्तो जानकारी गराएका हुन्। उनीहरु न्यूनतम तीन महिना जेलमा बस्ने छन्। प्रवक्ताले यस सम्बन्धी ट्वीटमा अमेरिकी विदेश मन्त्री, अमेरिकी स्टेट डिपार्टमेन्ट, अमेरिकी रक्षा मन्त्रालयसहितका अमेरिकी एजेन्सीहरुलाई मेन्सन गरेका छन्।

हुवावेका लागि संकटको साता

यो साता हुवावेका लागि संकटको साताको रुपमा देखिएको छ। पोल्याण्डमा त्यहाँका जनसम्पर्क अधिकारी पक्राउ पर्दा अमेरिकी वाणिज्य विभागले हुवावेका सामाग्रीमा रोक लगाउँदै पुन हङकङ फिर्ता पठाएको छ।

अमेरिकाले हुवावेमाथि कडा नीति अपनाउँदै गएको छ। अर्को तर्फ चीनसँगको व्यापार युद्ध पनि चर्किएको छ। अमेरिकाको नीतिका कारणमा हुवावेको पश्चिमा मुलुकमा विस्तार तथा एप्पलसँगको प्रतिस्पर्धामा धक्कासमेत लागेको छ।

सान्टा क्लारास्थित हुवावेको रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी फ्युचरवेइ टेक्नोलोजी माथि टेलिकम्युनिकेसन उपकरण तथा सफ्टवेयरहरु सिपिङमा रोक लगाइएको छ। यी सामाग्रीलाई अमेरिकी वाणिज्य विभागले सुरक्षा चुनौती भनेको छ। हुवावे फाइजीसहित टेलिकम्युनिकेशन उपकरण उत्पादनका लागि प्रख्यात छ। तर पछिल्लो समय सुरक्षा चुनौति भन्दै अमेरिका जापान भारत अष्ट्रेलीयासहितका देशले पाइभ जी माथि प्रतिवन्ध लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell