PahiloPost

Mar 18, 2019 | ४ चैत्र २०७५

प्रहरीमा भर्ना हुन् कोहलपुर पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या


पूर्णबहादुर खड्का

प्रहरीमा भर्ना हुन् कोहलपुर पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या

सुर्खेत : सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको हत्या भएको छ। 

नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको शनिवार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

कोहलपुर आफन्तको घरमा बस्दै आएका उनी शुक्रवार साँझ घरबाट निस्केको आफन्तले बताएका छन्। हत्याको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए। 

‘आज बिहानमात्रै हामीले शव फेला पारेका छौँ,’ उनले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’     



प्रहरीमा भर्ना हुन् कोहलपुर पुगेका २२ वर्षीय युवकको घाँटी रेटी हत्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट