PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पिङ्काथोन काठमाडौँको तेस्रो संस्करण फेब्रुअरी २३ मा हुने



पहिलोपोस्ट

पिङ्काथोन काठमाडौँको तेस्रो संस्करण फेब्रुअरी २३ मा हुने

काठमाडौँ : पिङ्काथोन भारतको नेपाली भर्सन पिङ्काथोन काठमाडौँको तेस्रो संस्करण आगामी फेब्रुअरी २३ मा हुने भएको छ।

भारतीय मोडल, एक्टर र फिटनेस प्रोमोटर मिलिन्ड सोनमले भारतमा सुरु गरेको पिङ्काथोन विशेष गरी महिलाहरुको स्वास्थ्यको बारेमा जनचेतवना जगाउन र उनीहरुलाई आप्नो स्वास्थ्यप्रति सचेत बनाउनका लागि आयोजना गरिँदै आएको छ।

पिङ्काथोन काठमाठौँको आयोजक लेजर पोर्ट नेपाल प्रालीले २०१७ देखि गर्दै आएको छ।

यस पटक ५ हजार महिलाले यसमा सहभागिता जनाउने अपेक्षा राखेको लेजर पोर्टको म्यानेजिङ डिरेक्टर नमराज जोशीले बताए।

पिङ्काथोन काठमाडौँमा २१ किमीको हाफ म्याराथनसहित १० किमी, ५ किमी र ३ किमीको दौड हुनेछ।

एकमहिनापछि हुने उक्त प्रतियोगिताको आयोजनास्थल भने अझै फिक्स्ड भइनसकेको र महाराजगन्जस्थित नेपाल पुलिसको तालिम केन्द्र र पुलचोकस्थित इन्जिनियरिङ कलेजसँग कुरा भइरहेको जोशीले जानकारी दिए।

पिङकाथोन काठमाडौँ नेपालमा निरन्तर रुपमा आयोजना भइरहँदा खुशी लागेको मिलिन्ड सोनमले बताए। 'नेपालमा तेस्रो पटक यो हुँदैछ र म खुशी छु। महिलाहरुको स्वास्थ्य र फिटनेसको लागि सहयोग गर्न हामी तयार छौँ। नमरँजले नेपालमा यो काम गरिरहेका छन्।'

पिङ्काथोन काठमाडौँमा हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५१ हजार, ३१ हजार र २१ हजार प्राप्त गर्ने नमराझ जोशीले बताए। यस्तै १० किमिमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ३१ हजार, २१ हजार र ११ हजार हात पार्नेछन् भने ५ किमी विजेताले ११ हजार पाउँनेछन्।

यस्तै पिङकाथोनको रेस कोअर्डिनेटरको रुपमा रहेका रघुराज वन्तले हाफ म्याराथन र १० किमी मा राष्ट्रिय कीर्तिमान तोड्नेलाई एक सेकेण्डको एक हजारका दरले छुट्टै पुरस्कार दिने घोषणा गरेका छन्।

पछिल्लो दुई संस्करणमा च्याम्पियन कान्छीमाया कोजुले यस संस्करण पनि भाग लिने उनले जानकारी दिए। कान्छीलाई वन्तले नै प्रशिक्षण दिइरहेका छन्।

पिङकाथोन काठमाडौँको ब्राण्ड एम्बासडर नग्मा श्रेष्ठ हुन्। यस्तै यस पटक निती शाह फेस अफ पिङकाथोनको रुपमा रहने नमराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell