PahiloPost

Mar 18, 2019 | ४ चैत्र २०७५

पृथ्वीनारायण शाहले मुलुकलाई गोलबद्ध गरेकाले सम्मान : रक्षामन्त्री


पृथ्वीनारायण शाहले मुलुकलाई गोलबद्ध गरेकाले सम्मान : रक्षामन्त्री
फाइल फोटो

काठमाडौं: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन्। 

आज २९७औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा पोखरेलले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान गरेको बताए।

'नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो”, रक्षामन्त्री पोखरेलले भने, “त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो।” 

पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो। रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई शाहले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए।  

शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो।नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आह्वानमा कमलादीस्थित प्रज्ञा भवनबाट निस्किएको र्‍याली कमलादी, घण्टाघर, भद्रकालीहुँदै सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकसम्म पुगेको थियो। 

र्‍यालीमा आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई नेपाली सेनाको बग्गीमा राखेर परिक्रमा पनि गराईएको थियो भने विभिन्न जातीय तथा सांस्कृतिक झलक दिने पहिरन पनि प्रर्दशन गरिएको थियो।



पृथ्वीनारायण शाहले मुलुकलाई गोलबद्ध गरेकाले सम्मान : रक्षामन्त्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट