PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानसेनापति थापा भारत प्रस्थान



प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। 

प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन्। 

भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना रहेको नेपाली सेनाले जनाएको छ। 

भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनायो। 

दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell