PahiloPost

Jun 19, 2019 | ४ असार २०७६


दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, समकक्षी स्वराजलाई नेपाल भ्रमणको निम्तो


दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, समकक्षी स्वराजलाई नेपाल भ्रमणको निम्तो
फोटो: MEA

काठमाडौं: दिल्ली भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच भेटवार्ता भएको छ।

 

भारतले आयोजना गरेको राइसिना डायलगमा सहभागी हुन नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञवाली र समकक्षी स्वराजवीच भेटवर्ता भएको हो।

 

भेटवर्ताका क्रममा दुई देशबीचको सम्बन्धका साथै हालै भएका द्विपक्षीय सम्झौताहरुको प्रगतिका विषयमा छलफल भएको भारतको विदेश मन्त्रालयले जनाएको छ

 

भेटवार्तामा सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको भारत भ्रमणका क्रममा पहिचान भएका कृषि क्षेत्रमा साझेदारी, रेलमार्ग र इनल्याण्ड वाटरवेका क्षेत्रमा भएको प्रगतिको विषयमा छलफल भएको बताइएको छ।

 

भेटमा दुबै नेताले दुई देशबीच पछिल्ला महिनामा भएका उच्चस्तरीय भ्रमणका उपलव्धिप्रति सन्तुस्ट व्यक्त गरेको बताइएको छ।

 

दुई समकक्षीले दुई देशबीच परम्परागत रुपमा रहँदै आएको सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुराउने प्रतिवद्धतालाई दोहोराएका थिए।

 

यसैबीच परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। उनले पाँचौँ नेपाल भारत जोइन्ट कमिसनको बैठक नेपाल आउन भारतीय विदेशमन्त्री स्वराजलाई निम्तो दिएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ।

 

भारतीय विदेशमन्त्री स्वराजले निम्तो स्विकार गरेकी छिन्। दुई समकक्षीबीच दुई देशबीचको जोइन्ट कमिसनको मिटिङ आपसी समझदारीमा शिघ्र बस्ने सहमती भएको छ।  मन्त्री ज्ञवाली भारतको थिंक ट्यांक अव्जभर रिसर्च फाउन्डेसनले आयोजना गरेको राइसिना डाइलगको चौथो संस्करणमा सहभागि हुन दिल्ली पुगेका हुन्।



दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली, समकक्षी स्वराजलाई नेपाल भ्रमणको निम्तो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट