PahiloPost

Jun 19, 2019 | ४ असार २०७६


शैक्षिक परामर्श सेवाको आवरणमा ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ


पहिलोपोस्ट

शैक्षिक परामर्श सेवाको आवरणमा ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँः महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए।

ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए। रासस



शैक्षिक परामर्श सेवाको आवरणमा ठगी, कन्सल्टेन्सी सञ्चालक पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट