PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

न्यू डायमण्ड कप महिला भलिबललाई होङवान्जीको मुख्य प्रायोजन



पहिलोपोस्ट

न्यू डायमण्ड कप महिला भलिबललाई होङवान्जीको मुख्य प्रायोजन

काठमाडौँ : न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङवान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ।

मंगलवार सुकेधारामा भएको कार्यक्रममा समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वादी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले सम्झौता पत्र आदन–प्रदान गरेका छन्।

सम्झौतामा उल्लेख भएअनूसार मुख्य प्रायोजन पनि समाजले आयोजकलाई ५ लाख उपलब्ध गराउने छ। यस्तै प्रतियोगिता होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबलको नामले संचालन हुनेछ।

पुष २५ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए।

यस्तै प्रतियोगितालाई नानी छोरी स्मृति प्रतिष्ठानका असोक कुमार मालीले तेस्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन गरेका छन्। ब्ल्याकहर्ष सुजका एमडी चिनिया श्रेष्ठले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गर्ने भएका छन्। सेन्चुरी कमर्सियल बैंकले विधागत उत्कृष्ट हुने सम्पूर्ण उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारको रकम ५० हजार प्रायोजन गर्ने भएको प्रतियोगिता संयोजक राईले बताए।

प्रतियोगितालाई अन्य विभिन्स संघ संस्थाले पनि सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।
नैकापस्थित न्यू डायमण्ड एकेडेमीमा लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी ८ टिमलाई चार समूहमा विभाजन गरिएको छ।

साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन्। त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन्।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन्। तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू डायमण्डको टिम र चितवन टाईग्रेस भिडेनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell