PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चन्द्रागिरीमा हिउँ परेपछि...

चन्द्रागिरीमा हिउँ परेपछि...


काठमाडौँः आज उपत्यकाको मौसम बदली हुँदा चिसो ह्वात्तै बढेको छ। काठमाडौँमा बिहान हल्का वर्षा हुँदा चन्द्रागिरीमा हिउँ परेको छ।

हिउँ परेसँगै मानिसहरु चन्द्रागिरी पुगेका छन्। हिउँ परेको फोटोहरु बिहानैबाट सामाजिक संजालहरुमा देखिएका थिए। 

विगतमा ओझेलमा परेपनि चन्द्रगिरीमा केबलकार संचालनमा आएपछि त्यहाँ हिउँ खेल्न जाने मानिसको संख्यामा वृद्धि भएको छ।

चन्द्रागिरीमा करिब एक फिट सम्म हिउँ जमेको थियो। विगत केही वर्षदेखि राजधानीवासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरी विकास हुँदै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell