PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एफए कप : चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेड चौथो चरण



पहिलोपोस्ट

एफए कप : चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेड चौथो चरण

लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्।

सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो।

उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्‍यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल थपे।

यसैगरी म्यानचेष्टर युनाइटेडले रिडिङलाई २-० ले हरायो। युनाइटेडका लागि हुँवा माटा र रोमेलु लुकाकुले एक-एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell