PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डीपीएल अक्सन शनिवार हुने, २ सय ५ खेलाडीले दर्ता गरे नाम



पहिलोपोस्ट

डीपीएल अक्सन शनिवार हुने, २ सय ५ खेलाडीले दर्ता गरे नाम

काठमाडौँ : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणको अक्सन यही शनिवार हुँदैछ।

अक्सनका लागि आयोजकले खुला गरेको आवेदन फारमबाट २०५ खेलाडीले आफ्नो नाम दर्ता गरेको  धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश साहीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन्।

नाम दर्ता गराएका सम्पूर्ण खेलाडीहरुको अक्सन शनिवार काठमाडौंमा हुनेछ।

डीपीएलको खेल्ने प्रत्येक टोलीले कूल १५ खेलाडी अनुबन्ध गर्नुपर्नेछ। जसमा दुई विदेशी खेलाडी र लोकल ट्यालेन्ट हन्टबाट एक जना अनिवार्य राख्नुपर्नेछ ।

यस पटक अक्सनका लागि खेलाडीको वर्गिकरण गरिएको छैन। नाम दर्ता गर्दा नै खेलाडीले आफ्नो मूल्य न्यूनतम ३० हजारदेखि बढीमा २ लाख ५० हजारसम्म राख्न पाउने नियम थियो।

६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा राउण्ड रोविन लिगमा १५ र प्लेअफमा ४ गरी कुल १९ खेल हुनेछन्। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन् र त्यसबाट शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण भएको थियो। दुवै संस्करणमा स्थानिय टोली टिम चौराह धनगढी च्याम्पियन भएको थियो।

दोस्रो संस्करणको विजेताले नगद २५ लाख पाएका थिए। तेस्रो संस्करणको नगद पुरस्कार राशी भने घोषणा हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell