PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर र दक्षिण कोरिया जोड्ने रेल र सडक मार्ग निर्माण कार्यको उद्घाटन



उत्तर र दक्षिण कोरिया जोड्ने रेल र सडक मार्ग निर्माण कार्यको उद्घाटन
फोटो: योनहाप

काइसङ :  दक्षिण कोरिया र उत्तर कोरियाबीच सीमा क्षेत्रलाई सडक र रेल मार्गले जोड्ने सहमति भए अनुरुप दुई कोरियाली राष्ट्रलाई जोड्ने रेल र सडक मार्ग निर्माण कार्यको उद्घाटन भएको छ। 

उत्तर कोरियाको काइसङ शहरमा रहेको पानमुनमा एक कार्यक्रमकाबीच दुर्ई देशका अधिकारीहरुले सडक र रेलमार्गको निर्माण कार्य उद्घाटन गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ। 

उद्घाटन कार्यक्रममा सहभागी हुन दक्षिण कोरियाका यातायात मन्त्री किम हुइन-मीका साथै करिब सय जना दक्षिण कोरियाली अधिकारीहरु विशेष रेलबाट उत्तर कोरिया पुगेका थिए। उत्तर कोरियाबाट स्टेट एजेन्सी इन्चार्ज रि सन-गवन, रेलवे  उपमन्त्री किम युन होक लगायतका अधिकारी सहभागी थिए। समारोहमा दुवै राष्ट्रका अधिकारीहरुले सडक र रेलको ट्रयाक विस्तार गर्ने विषयमा मन्तव्य दिएका थिए। 

सो कार्यक्रममा संयुक्त राष्ट्र संघ, रसिया, चीन र मंगोलियाका अधिकारीहरु पनि उपस्थित थिए।

दक्षिण कोरियाली मन्त्रालयद्वारा जारी विज्ञप्तीमा यो उद्घाटनबाट सडक र रेल मार्गलाई आधुनिक बनाउँदै दुई देश जोड्ने बाटो खुलेको उल्लेख गरेको छ। 

यो परियोजनाबाट अन्तर कोरियाली रेल संजाललाई ट्रान्स साइबेरियन रेलमार्गसँग जोड्दै युरोपसम्म रेल सेवा विस्तार गर्न सकिने जनाइएको छ। 

गत अप्रिलमा उत्तर कोरियाली नेत किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच सडक र रेल सेवालाई आधुनिकिकरण गर्दै दुई कोरियाली राष्ट्रको सिमा क्षेत्रमा जोड्ने सहमति भएको थियो। सेप्टेम्बरमा दुई नेताबीच रेल र सडक संजाल विस्तारको उद्घाटन यही वर्ष भित्र गर्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell