PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एनएनआईपिए अवार्डलाई आदर्श समाजको साथ



पहिलोपोस्ट

एनएनआईपिए अवार्डलाई आदर्श समाजको साथ

काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपिए स्पोर्ट्स अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ।

केन्द्रले अवार्डका लागि खेलाडी संघलाई वर्षको १ लाखका दरले तीन वर्षसम्म रकम उपलब्ध गराउने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा खेलाडी संघका अध्यक्ष र केन्द्रकी अध्यक्ष सपना लामाले बुधबार हस्ताक्षर गरे। सो रकम मध्ये २५ हजार रुपैयाँ एनएनआईपिए पत्रकारिता पुरस्कारका लागि छुट्याइने र बाँकी व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ।

खेलाडी संघले एनएनआईपिए पत्रकारिता पुरस्कारमा १० हजार रुपैयाँ वृद्धि गर्न लागेको हो। गत वर्षदेखि सुरु गरिएको यो अवार्डबाट श्याम चित्रकार १५ हजार नगदसहित सम्मानित भएका थिए।

सम्झौतापछि केन्द्रकी अध्यक्ष लामाले आफू पनि खेल क्षेत्रमै संलग्न भएका कारण अवार्डसँग जोडिन पुगेको बताउदै अवार्डसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन्। सपना कराते तथा फुटबल खेलाडी हुन्।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले अवार्डमा सहयोगी संस्थाहरु अगाडि आउनु खेलाडीका लागि गौरवको विषय भएको बताए। यसअघि जनता बैंकले अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही १–१ लाख रुपैयाँ प्रदान गर्न खेलाडी संघसंग सम्झौता गरेको थियो।

अवार्डको १३औं संस्करण पाटन दरबार स्क्वायर हातामा रहेको ललितपुर संग्रहालयमा पुस १३ गते हुँदैछ। अवार्डका अवसरमा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक–एक पुरुष-महिला खेलाडीलाई पनि उत्कृष्ट खेलाडीको अवार्डसहित जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ। त्यस्तै एक पाका खेलाडी गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सम्मानित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell