PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली प्रदेश कप टी-२० क्रिकेट पश्चिम रुकुममा शूरु



पी बी खड्का

कर्णाली प्रदेश कप टी-२० क्रिकेट पश्चिम रुकुममा शूरु

सुर्खेत : रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता मंगलवारदेखि रुकुमपश्चिमको चौरजहारीमा शूरु भएको छ।

यही पुष १७ गतेसम्म हुने प्रतियोगितामा कर्णालीका ७ जिल्लाका खेलाडीको सहभागि भएको संघका अध्यक्ष दिपक बाँठाले जानकारी दिए। प्रदेशका रुकुम, सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा जिल्ला गरी ७ वटा जिल्ला खेलाडिले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्। उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

समग्र प्रदेशलाई क्रिकेटको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बाँठाको भनाई छ। गतवर्ष सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा सुर्खेतमा भएको प्रदेशस्तरीय खेलमा सुर्खेतले उपाधी हात पारेको थियो भने रुकुम उपविजेता भएको थियो।

मंगलवार प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पछिल्लो समय खेलका माध्यमबाट नेपालको पहिचान बढाएको भन्दै कर्णालीको पनि थप पहिचान बढाउने बताए। कर्णालीका खेलाडि सीप र क्षमता भएरपनि अवसर नपाएर पछि परेको भन्दै बेलाबखत खेलकुदहरु आयोजना गर्नुपर्नेमा जोड दिए। कर्णालीको खेलजगतलाई माथि उठाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। 

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पनि खेलका माध्यमबाट कर्णालीलाई चिनाउन आवश्यक रहेको बताईन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell