PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ए डिभिजन लिग : संकटा बराबरीमा रोकिँदा मनाङलाई फाइदा



पहिलोपोस्ट

ए डिभिजन लिग : संकटा बराबरीमा रोकिँदा मनाङलाई फाइदा

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको संकटा ब्रिगेड ब्वाइज क्लबसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ।

सिजनको पहिलो बराबरी खेल्ने क्रममा सकंटा ब्रिगेडसँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो।

खेलको १३औँ मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट संकटाले अग्रता लिएको थियो। तर २८औँ मिनेटमा ब्रिगेडका जय गुरुङले बराबरी गोल फर्काए।

बराबरीपछि संकटाले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने मौका गुमायो। यो बराबरीले भने मनाङलाई भने फाइदा पुगेको छ। एक खेल कम खेलेको मनाङ अझै संकटाभन्दा २ अंकले अगाडि छ।

अहिलेसम्म लिगमा शतप्रतिशत नतिजा निकालेको मनाङले आइतवार दशौँ चरणमा नेपाल पुलिससँग खेल्नेछ। यस्तै ११औँ चरणमा मनाङले संकटासँग नै खेल्नेछ। यो दुई खेल जिते मनाङले बाँकी दुई खेल अघि नै लिगको उपाधि जित्नेछ।

यस्तै शनिवारै भएको पहिलो खेलमा थ्री स्टार च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होड कमजोर बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell