PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले जिते स्वर्ण



पहिलोपोस्ट

विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले जिते स्वर्ण

काठमाडौँ : नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा भइरहेको १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

महेश्वरले पुरुष ७५ केजीमा शारीरिक सुगठनमा स्वर्ण जितेका छन्। १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोश्रो र सिंगापुरको खेलाडी तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन्।


नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० सेमी. मा रजत पदक जितेकी थिइन्।

महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो। महेश्वरले २०१६ मा भुटानमा भएको ५०औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।

यस्तै नेपाली बडिबिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्तित धर्मश्रीको १३औँ संस्करणमा ओभरअल च्याम्पियन बनेका महेश्वर १४औँ र १५औँ संस्करणमा ओभरअलमा दोस्रो भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell