PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेशस्तरिय छनोट सुरु



गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेशस्तरिय छनोट सुरु

काठमाडौँ : गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राजधानीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ।

प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्राविधिक संयोजक अनुप लामालाई ग्लोब्स हस्तानतरण गरी उद्घाटन गरे। प्रतियोगितामा सुनसरी, मोरङ, उदयपुर र झापाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राजिव श्रेष्ठले जनाएका छन्।

पहिलो दिन महिला ४८ केजीमा झापाकी रोसिना लावतीले मोरङकी हेमकला राई तथा सुनसरीकी दिलकुमारी श्रेष्ठले उदयपुरकी गीता चौधरीलाई पराजित गरी फाइनलमा प्रवेश गरे।

पुरुष ५२ केजीमा झापाका प्रवीण ब्यलकोटीले मोरङका अजय खुलाल, ६४ केजीमा सुनसरीका जितबहादुर खवासले उदयपुरका सुजन राई र ६९ केजीमा झापाका प्रेम गुरुङले उदयपुरका प्रेम खत्रीलाई हराउदै फाइनलमा स्थान पक्का गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell