PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'प्रेमलीला'को दोश्रो गीतमा दीपशिखा र मौसम



पहिलोपोस्ट

'प्रेमलीला'को दोश्रो गीतमा दीपशिखा र मौसम

काठमाडौं : फिल्म 'प्रेमलीला'को दोश्रो गीत सार्वजनिक भएको छ। अन्तर्देशीय प्रेम कथामा आधारित फिल्मको 'मिस गरें'बोलको गीत सार्वजनिक भएको हो।

डा.कृष्णहरी बरालको शब्द, हरि लम्सालको संगीत, युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का फिचर्ड छन्।

भिडियोमा पवन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ। यसअघि फिल्मको हिन्दी भर्सनको गीत सार्वजनिक गरिएको थियो। फिल्ममा दीपशिखा र मौसम खड्कासँगै भारतीय कलाकार अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।

फिल्म माघ २५ गतेदेखि प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell