PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ए डिभिजन लिग : विशाल राईको निर्णायक गोलमा मनाङले आर्मीलाई हरायो



पहिलोपोस्ट

ए डिभिजन लिग : विशाल राईको निर्णायक गोलमा मनाङले आर्मीलाई हरायो

काठमाडौँ : विशाल राईले गरेको एक मात्र गोलको मद्दतमा मनाङ मर्स्याङ्दीले सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनाङले आर्मीलाई १-० ले पराजित गर्दै लगातार आठौँ खेल जितेको हो। विभागीय टोलीको आर्मीको भने यस सिजन यो पहिलो हार हो।

विशाल राईले खेलको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा मनाङले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको छ।


जितपछि ८ खेलबाट २४ अंक जोडेको मनाङले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। समान खेलबाट २१ अंक रहेको संकटा दोस्रो स्थानमा छ। पहिलो हारपछि ८ खेलबाट १७ अंक रहेको आर्मी चौथो स्थानमा यथावत छ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आर्मी विरुद्ध आफ्नो टोलीले राम्रो खेलेको र नतिजा हात पार्न सफल भएको बताए।' हामीले सोचेभन्दा राम्रो खेल्यौँ। ओभरअल सबैको प्रदर्शन राम्रो रह्‍यो। हामीले चाँडै स्कोर गर्नाले नै खेल जित्न सक्यौँ।'

उता आर्मीका प्रशिक्षक नवीन न्यौपानले फिनिसिङमा राम्रो गर्न नसक्दा हार बेहोर्नुपरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell